नेपाल सरकार
गृह मन्त्रालय
क्षेत्रीय प्रशासन कार्यालय ,
मध्यपश्चिमाञ्चल, सुर्खेत


  कार्यालयकाे परिचय

नेपालमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गरी जनताको जिउ,धन र स्वतन्त्राको संरक्षण गर्नु गृह प्रशासनको मुख्य कार्य हो । गृह प्रशासनलाई सबल बनाई जनतामा सुरक्षाको अनुभूति दिलाउन र सेवा प्रवाहलाई प्रभावकारी बनाई सुशासन कायम गर्न पहिले ७५ वटा जिल्ला प्रशासन कार्यालय र ती कार्यालयहरुको काम कारवाही रेखदेख र नियन्त्रण गर्ने १४ वटा अञ्चलाधिश कार्यालय रहेकोमा २०४६ सालको परिवर्तनपछि अञ्चलाधिश कार्यालय खारेज भए । अञ्चलाधिश कार्यालय खारेज भएपछि जिल्ला र केन्द्र बीच सन्तुलन कायम गर्न, समन्वय र रेखदेख नियन्त्रण गरी शान्ति सुरक्षा लगायत सेवा प्रवाहलाई नजिकबाट अनुगमन गर्न क्षेत्रीय तहको प्रशासनिक निकाय आवश्यक ठानी गृह मन्त्रालय अन्तर्गत ५ वटा क्षेत्रमा मिति २०५८।०५।०६ देखि क्षेत्रीय प्रशासन कार्यालय स्थापना भएकोमा हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतको सुपरीवेक्षणमा क्षेत्रीय प्रशासन कार्यालयलाई राखी गृह मन्त्रालयको समन्वयमा सुरक्षा सम्बन्धी कार्य भइरहेकाे छ । 

 म‍.प‍.विकास क्षेत्र, सुर्खेतको संक्षिप्त परिचय

नेपालकाे कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मी मध्ये ४२३७८ वर्ग कि.मी मा फैलिएको मध्यपश्चिमाञ्चल सबैभन्दा ठूलाे विकास क्षेत्र हाे । यस क्षेत्रमा रहेका कर्णाली, भेरी र राप्ती ३ वटा अञ्चलका १५ वटा जिल्लाहरु मध्ये डाेल्पा,जुम्ला, कालिकाेट, मुगु, हुम्ला हिमाली अन्तर्गत दाड्ग, बाँके र बर्दिया तराई क्षेत्र अन्तर्गत पर्दछन् भने बाँकी ७ जिल्लाहरु पहाडी क्षेत्र अन्तर्गत पर्दछन् । क्षेत्रीय सदरमुकाम विरेन्द्रनगर सुर्खेत रहेकाे याे क्षेत्रको मुख्य व्यापारिक केन्द्र नेपालगञ्ज हो ।

राष्ट्रिय जनगणना २०६८ का अनुसार म‍.प. विकास क्षेत्रकाे जम्मा परिबार स‌ख्या ६९५०१४ रहेको छ । कुल जनस‌ख्या  ३५४६६८२ मध्ये पुरुषकाे जनसख्या १७०६४५० र महिलाकाे जनसख्या १८४०२३२ रहेकाे छ ।

 

  • वार्षिक प्रगति प्रतिवेदन सम्बन्धमा २०७४-३-२

    यस कार्यालयमा संचालनमा रहेको हेलो सरकार कार्यकक्षमा प्राप्त भएका गुनासाहरु तथा साेकाे कार्यान्वयन सम्बन्धी २०७३ साल चैत्र महिनाको वार्षिक प्रगति प्रतिवेदन 

  • निर्देशनहरुको कार्य प्रगति सम्बन्धमा २०७३-१-२१

    नेपाल सरकारका मुख्य सचिव डा‍. श्री सोमलाल सुवेदी ज्यले क्षेत्रीय प्रशासन कार्यालयमा  सुर्खेतमा Hello सरकार कक्षको टाेल फ्रि नम्बर ११११ को उद्घाटनको क्रममा क्षेत्रीय स्तरका कार्यालय प्रमुखहरुलाई दिनु भएको निर्देशन एव‌म् सोही दिन  क्षेत्रीय कार्यालयका प्रमुखहरु र सुर्खेत जिल्ला स्थित कार्यालय प्रमुखहरुलाई दिनु भएको निर्देशन स‌लग्न पाना ३ (1,2) यसैसाथ स‌लग्न छ । उक्त निर्देशनहरुको कार्यको प्रगती विवरण २०७३।०३।२५ गते सम्म यस कार्यालयमा अनिवार्य रुपमा उपल्ध गराईदिनु हुन क्षेत्रीय स्तरका कार्यालयहरु  र जिल्ला प्रशासन कार्यालय म.प.विकास क्षेत्र सबैलाई  परिपत्र गरिएको

  • हेलाे सरकारकाे टाेल फ्रि नम्बर ११११ र फ्या न. ११०० २०७३-१-१५

    हेलाे सरकारकाे टाेल फ्रि नम्बर ११११ र फ्या न. ११००

  • सूचना प्रतिवेदन पठाईएकाे बारे २०७३-१-५

    २०७२ माघ देखि चैत्र सम्ममा सम्पादन गरेका मुख्य मुख्य कार्य प्रगतिहरुकाे विवरण यसै साथ स‌लग्न छ ।

  • सरुवा सम्बन्धमा २०७३-११-८

    नेपाल सरकार निजामती सेवा एेन २०४९ र नियमावली २०५० ले सामान्य प्रशासन मन्त्रालयलाई प्रदान गरेका अधिकारीहरु मध्ये नि.से.नि. काे दफा ३६ प्रतिकुल नहुने गरी अाफ्नाे क्षेत्र भित्र कार्यरत निजामती सेवाका नेपाल प्रशासन सेवाकाे सामान्य प्रशासन समूह, नेपाल अार्थिक याेजना तथा तथ्याड्क सेवा र नेपाल विविध सेवा अन्तर्गत राजपत्र अन‌ंकित प्रथम श्रेणी वा साे भन्दा मुनिका कर्मचारीहरुलाई सेवा समूह उपसमूह र पद मिल्ने गरी साेही क्षेत्र भित्रकाे एक जिल्लाबाट अर्काे जिल्लामा निजमती सेवा एेन २०४९, नियमावली २०५० मा उल्लेख कार्यविधि र ढाँचा बमाेजिम प्रकृया पुरा गरी रिक्त पदमा सरुवा तथा काज खटाउने अधिकार प्रत्यायाेजन भै अाएकाे । निजामति सेवा एेन २०४९…

  • हेलाे सरकारको जिम्मेवारी ताेकिएको २०७३-११-१

    हेलाे सरकारको जिम्मेवारी ताेकिएको



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय